१७ साउन, काठमाडौँ । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा संजीव मानन्धरलाई नियुक्त गरेको छ ।
स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रुपमा व्यवस्थपकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल समाप्त भएकाले आज न बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
मानन्धर स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।
अवकाशप्राप्त मानन्धर विगत १६ वर्षदेखि यस बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे ।





