१८ साउन, काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश भ्रष्टाचारले गाँजेको बताएका छन् ।प्रेस युनियन काठमाडौँ शाखाको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै डा कोइरालाले नेपालका कुनै पनि भ्रष्टाचारका काण्ड जरैसम्म पुगेर छानबिन नभएको बताए । उनले भने, भुटानी शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्ड आयो, तर कुनै पनि घटना पूर्ण रूपमा छानबिनमा गएन । अहिलेको सुन काण्ड पनि सामसुम हुन्छ किनकि माथिल्लो तहको इन्भल्भमेन्ट छ । भारतले ४००/५०० नेपाल हुँदै भारत जान सक्छ । नेपालीहरू बिचौलियाको पनि बिचौलिया भए । यो अहिलेको मात्रै होइन । एक सय किलो भन्या त केही हैन । यो भन्दा धेरै भएको छ । सुन काण्डले नेपालको सुरक्षा कमजोर देखाएको छ । यो काण्ड सेलाउँदा सेलाउँदै अर्को आउँछ । किनकि जरैसम्म कुनै काण्डको अनुसन्धान हुँदैन । यश काण्डमा सीआइबी संलग्न छैन । राजश्व अनुसन्धान मात्रै संलग्न छ । त्यस कारण यो शङ्कास्पद छ ।
त्यति मात्रै होइन, डिजी प्रधानमन्त्री जी को पिए हुनुभयो । अर्कोतिर संसद् चलिरहेको छ । विपक्षी दल संसद् अवरुद्ध गरिरहेको छ । यो कामले देशलाई घाटा भइरहेको छ ।
कुनै घटना आउँछ अनि शीर्ष तीन नेता एक ठाउँमा बसेर छलफल हुन्छ ? किन छलफल हुन्छ त ? यो कुरा उजागर गर्न आवश्यक छ । दण्डहीनताको अन्त्य, सुशासन कायम गर्न सकियो भने नेपालको भविष्य उज्ज्वल छ ।





