राजनीति

बालकृष्णलाई भेट्न शेखर पुगे केन्द्रीय कारागार

३१ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा रहेका नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।

आज नेता कोइराला नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् । उक्त भेटमा कोइराला र खाँणबीच एक घण्टा छलफल भएको स्रोतले बतायो ।