१ भदौं, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सत्ताको आडमा अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी देखिएको टिप्पणी गरेका छन् ।
अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रम र गृहमन्त्रीको यहि हो प्रतिबद्धता ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयलाई सत्ताको आडमा अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी देखिन्छ।”
उनले लेखेक छन्, “ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयलाई सत्ताको आडमा अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी देखिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने प्रम र गृहमन्त्रीको यहि हो प्रतिबद्धता ? संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यकोलागि जनता सडकमा आउन बाध्य हुनेछन् ।”





