३ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध हटाउनका लागि बोलाएको बैठक निष्कर्ष बिहिन टुङ्गिएको छ ।
प्रमुख विपक्षि दल एमालेले सुन तस्करीको छानबिनका उच्च समिति बनाउनु पर्ने अडान लिदै १० साउनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
संसद् सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलहरूसँग सिंहदरबारमा छलफल गरे पनि सहमति हुन नसकेको एक नेताले जानकारी दिए ।
सीआईबीले पाएको समय दुई हप्ता मात्र भएकोले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।





