राजनीति

 सर्वदलीय बैठक आज पनि प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा बस्दै

४ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले  पुन: आज पनि राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई सर्वदलीय  बैठक बोलाएका छन् ।

आइतबार बसेको सर्वदलीय  बैठक निष्कर्ष विहीन टुङ्गिएको थियो । हिजोको बैठक सहमति नजिक पुगेकाले आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको नेताहरूले बताएका छन् । आजको सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार  सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्नेछन् । 

प्रमुख प्रतिपक्ष दल एमालेले उच्चस्तरिय छानबिन समिति गठन गर्नु पर्ने माग राख्दै साउन १० गते बाट सभाको बैठक अवरोध गर्दै आइरहेको छ ।