राजनीति

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

५ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले समसामयिक राजनीतिमा विषयमा छलफल गर्नको लागि  बैठक बोलाएको  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल बताए । आजको सर्वदलीय बैठक ८ : ३० मा  शीतल निवासमा बस्ने भएको छ । 

गत साउन १० गतेदेखि संसद् अवरुद्ध भइरहँदा राष्ट्रपति  पौडेलले त्यसबारे छलफल गरी समाधान गर्ने भएका छन्  । प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार यस बारे छलफल गरेता पनि सहमति हुन सकेको थिएन । 

प्रधानमन्त्री दाहालले मङ्गलवार साँझ  सिंहदरबारमा बोलाएका सर्वदलीय बैठकमा उच्चस्तरीय समितिमार्फत सुन तस्करीबारे छानबिन गर्ने सहमति भएपछि एमाले संसद्को अवरोध हटाउन तयार भएको छ । उच्चस्तरीय छानबिन समिति बनाउने भएपछि आज  तीन बजे हुने संसद् बैठकमा  अवरोध नगर्ने एमालेका एक नेताले बताए ।