राजनीति

ओली नआएपछि शीर्ष नेताहरूको बैठक आज नबस्ने

५ भदौ, काठमाडौं । शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको रास्वपाका प्रमुख सचेतक सन्तोश परिवारले जानकारी दिए ।

प्रमुख सचेतक परिवारका अनुसार ओलीको अस्वस्थताको कारणले बैठकमा आउन नसकेकाले छलफल पनि बाँकी भएको हो । सोमबार साँझ बालुवाटारमा बसेको शीर्ष दलका नेताहरुको बैठकले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएको थियो ।