राजनीति

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका कारणले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।