५ भदौ, काठमाडौं । को नेतृसरकारमा कांग्रेसत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।
मन्त्री खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए ।
कांग्रेसका केहि नेताहरुले पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री र गृहमन्त्रीले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको बताएका थिए ।





