समाचार

एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

६ भदौं, काठमाडौँ । एमालेले सुन तस्करी प्रकरणको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध गरेको संसद् बुधबारबाट सञ्चालन भएको छ ।

छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको हो । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।