राजनीति

बाबुपुस्ताले गरेको आन्दोलनको आवरणमा छोराहरुले लुट मच्चाए : लामिछाने

६ भदौं, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बाबुपुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको समेत बताए ।

सरकारले सुशासनको कुरा गरे पनि ‘अवयुवाराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको भन्दै लामिछानेले भने, “यो अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशमसन बालुवाटार जग्गा प्रकरणमा जस्तो, भुटानी शरणार्थी प्रकरणमा जस्तो सुन तस्करी प्रकरणमा जस्तो अड्किने त होइन ? एक ठाउँमा पुगेपछि अर्को कहिँ संकेत हुन थालेपछि अड्किने त होइन ?”