७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकोछ उस्लेनै ईतिहासको कुरा गर्ने बताएका छन् ।
जुन पार्टीले ईतिहासै बनाउन सकेका छैन तिनले कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ भन्ने आरोपको पछि नलाग्न आग्रह गरेका छन् । कांग्रेसको ईतिहास छ, ईतिहासको कुरा पनि गर्छ, जन चाहाना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जाने समेत बताएका छन् ।
केही इतिहास हुँदै भएन, पुराना पाटीले केही गरेरन भन्ने हरुको पछि नलागि जन चाहान अनुरप सबै काम गर्न नसके पनि २)४६ साल पछिको बिकास र प्रगतिलाई ख्याल नठान्न समेत आग्रह गरेका छन् । अब आर्थिक क्रान्ति कांग्रेसको मुल एजेन्डा रहनु पर्ने समेत बताएका छन् । पार्टीभित्र न्याय भएन भन्ने कुरा उठिरहेको छ भन्दै समान अवसरको ब्यवस्थापनमा कांग्रेसले ध्यान दिनु पर्ने समेत बताएका छन् । काम गर्ने र गरिखाने वातावरण निर्माण गर्न कांग्रेसले ध्यान दिने समेत बताएका छन् ।आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ मा आयोजित कार्यक्रम मा बोल्दै नेता सिहले उक्त कुरा बतनएका हुन् ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जन प्रतिशतले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवार पुर्बक काम गर्नुपर्ने बताएकी छन् । त्यस्तैगरि बाग्मति प्रदेश सभापति ईन्द्र बानियाँले पाटीको जिम्मेवार मा रहेकाले आ-आफ्नो ठाउँबाट जिम्मेवारबोध गरेर पार्टी संगठन मजबुत बनाउन लाग्नु पर्ने बताएका छन् । कार्यक्रममा काठमाडौ सभापति सबुझ बानियाँ, माननीय सन्तोष चालिसे लगायतका नेताहरुले आफ्नो बिचार राखेका थिए ।







