१७ भदौ, काठमाडौं । सर्वोच्च अदातलले कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो ।
मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ ।






