१९ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन छानबिनको दायरामा परेका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि माओवादी निकट विद्यार्थी संगठन अरेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुन छानबिनको दायरामा परेका हुन् । पुनसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ ।
तस्करीमा उनले आफ्नो संलग्नता इन्कार गरेका छन् । दावासँगको चिनजान र सम्बन्धलाई भने उनले स्वीकार गरेका छन् ।





