राजनीति

एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गरेन भने विस्फोट हुनसक्छ : नेता खनाल

२० भाद्र, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले सहि कार्यदिशा नलिएको टिप्पणी गरेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नेतृत्वले दक्षिणपन्थी कार्यदिशा लिएकाले एमालेका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको बताए ।

एमालेले देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको भन्दै उनले अघि भने, “एमालेले देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको छ । त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ ।”

त्यस्तै, उनले एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्ने बताए । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल सुन सक्ने र विस्फोट सक्ने नेता खनालले बताए ।