राजनीति

गृहमन्त्रीलाई गगनको प्रश्न : एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ ?

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीलाई के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? भन्दै प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै भने, “गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?”

त्यस्तै, उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै भने, “सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।”