राजनीति

हाम्रो प्रदेश प्राथमिकताको विषय होइन, कोशीमा कांग्रेस र एमाले मिल्दा राम्रो : अध्यक्ष लिङ्देन

२३, भाद्र, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा उचित हुने बताएका छन् ।

शनिबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङ्देनले प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताए ।

“हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन, हामीले बिद्रोहमा जानुभन्दा यो संविधानसँग सहकार्य गरेर, संविधानभित्रै बहुमत प्राप्त गरेर, संविधानको प्रावधान अनुसार नै आफ्नो मान्यता लेखाउनु उचित हुन्छ”, उनले अघि भने, “देशले थप द्वन्द्व ब्यहोर्न सक्दैन भनेर संविधानको उपयोग गरेका हौं । त्यस अनुसार हामी केन्द्रमा पनि छौं प्रदेशसभामा पनि छौं ।”