आर्थिक

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित MDRT Global Conference मा फहराए नेपालको झण्डा

२५ भाद्र, काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित MDRT Global Conference मा सहभागिता जनाएको छ ।

विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT ले आफ्नो Global Conference सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो ।

इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताउनु भयो र कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई MDRT बन्न उत्प्रेरणा प्रदान गरि रहेको कुरा जानकारी गराए ।