३० भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा बाग्मती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाको नाम पनि जोडिएको भन्दै नेकपा एमालेले सरकारको जवाफ मागेको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्री लामाको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
पक्राउ परेकाहरुको बयानबाट तस्करीमा मन्त्री लामा निकट काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । नेता थपलियाले मन्त्रीको नाम त लिएनन्, तर उनको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।




