राजनीति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

३१ भाद्र, काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको भन्दै आन्दोलनरत चिकित्सकहरुले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको भन्दै चिकित्सकले आकस्मिकबाहेकका सबै सेवा ठप्प गरेका थिए ।