५ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । कांग्रेसको संस्थापनइतर पक्षले दलका नेता थापाको राजीनामा माग गरेको हो ।
संस्थापनइतर पक्षले दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वाेच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने माग छ ।
‘उहाँले नैतिकताका हिसाबले निकास निकास दिनु भए राम्रो हुन्छ । मलाई लाग्छ उहाँले दलको नेताबाट निकास दिनुहुन्छ’, संस्थापनइतर समूहका नेता केदार कार्कीले भने ।





