समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असोज, काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने कार्यसूची रहेको छ ।

शिक्षकहरुले निरन्तर आन्दोलन गरे पश्चात सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको भएको छ ।