राजनीति

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेट

२० आसोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

उक्त भेटपछि अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।त्यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए ।

त्यस्तै, भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए ।