२६ असोज, काठमाडौँ । सिंहदरबारमा प्रदर्शन गरिरहेका मानव अधिकार तथा शान्ती समाजका अध्यक्ष कृष्ण पहाडीसहित १६ प्रदर्शनकारीलाई प्रहरीले प्रकाउ गरेको छ ।
समाजका अध्यक्ष कृष्ण पहाडी सहितका प्रदर्शनकारीले निशेधित क्षेत्र तोडेपछि उनीरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विस्तृत शान्ती सम्झौता अनुरुप पिडितलाई न्याय र पिडकलाई सजाय दिनुपर्ने माग राखेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।
अधिकारकर्मीहरुले बिगतको सम्झौता अनुसार काम नगरेको आरोप लगाएका छन् ।





