समाचार

प्रदेश प्रमुख खापुङले कार्कीलाई समर्थन गर्ने सांसदहरुको सनाखत गर्ने

२६ असोज, काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गर्ने भएका छन् ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका हुन् ।

मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।