१६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
उनले ट्वीट गर्दै मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको भनो छन् ।
महामन्त्री थापाले, ‘यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन। यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ, त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ।’
उनले प्रस्ताव गर्दै भनेका छन्, ‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।’ आजमात्र सर्बोच्च अदालतले रिल ढकाललाई आम माफी दिएको बिषयमा उल्ट्याईदिएपछि नेता थापाले प्रतिकृया दिएका हुन् ।






