१८ कात्तिक, जाजरकोट । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ भने ८५ जना घाईते भएको समाचार छ । दुबै जिल्लामा गर।ेर १२८ जनाको अहिलेसम्म निधन भएको प्रधानमन्त्रीको सििचवालयले पुष्टी गरेको छ । सचिवालयका अनुसार भूकम्पमा परी निधन हुने र घाईतेहुनेको बिबरण पछिल्लो हो ।
उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए।
नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीका तिनवटै निकाय भूकम्पस्थलमा उद्दार कार्यमा रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दहाल पनि बिहान भूकम्प स्थलको निरीक्षणमा जाने कार्यक्रम छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।





