अन्तर्राष्ट्रिय

आसाममा आगलागी बाट लाखौँको सम्पत्ती नष्ट

१२ पुस काठमान्डौं । बुधबार बिहान आसामको नागाउँ जिल्लाको बटाद्रावासको बजारमा आगलागी भएको प्रहरीले जनाएको छ

आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीले धेरै जसो पसल तथा व्यापारीक प्रतिष्ठानमा क्षति पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति नभएको बताउदै आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।