समाचार

बालकुमारी प्रदर्शनमा अर्का युवकको पनि मृत्यु

१३ पुस काठमान्डौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनको क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।

यस अघी उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउत उपचारका क्रममा मृत्यु भएको कष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताएका थिए ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले प्रदर्शनका गरीरहेका छन्।