अन्तर्राष्ट्रिय

युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्नेछ: विदेशमन्त्री वाङ

७ फागुन, म्युनिख, जर्मनी । चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताएका छन् ।

वाङले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग जारी म्युनिख सुरक्षा सम्मेलनका क्रममा भएको भेटमा उक्त भनाइ राखेका हुन् । चीन र युक्रेनबीच धेरै वर्षअघि रणनीतिक साझेदारी भएको र दुई देशका जनताबीच परम्परागत मित्रता रहिआएको उल्लेख गर्दै वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि युक्रेनसँगको सम्बन्ध सामान्यरूपमा विकसित हुने र यसले दुई देशका जनतालाई फाइदा पु¥याउने अपेक्षा गरेको बताए ।

आपतकालिन अवस्थामा चिनियाँ सैनिकलाई सकुशल बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी पक्षप्रति पुनः कृतज्ञता व्यक्त गर्दै उनले चिनियाँ जनताले कहिल्यै नबिर्सने बताए । वाङले युक्रेनको मुद्दामा चीनको स्थितिको बारेमा विस्तृत जानकारी दिँदै चीनले महत्वपूर्ण मुद्दाहरूको राजनीतिक समाधान शान्ति वार्तालाई बढावा दिने कुरामा जोड दिए ।

कुलेबाले युक्रेन चीनसँग मैत्रीपूर्ण आदानप्रदान कायम राख्न र द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिन इच्छुक रहेको बताए । विश्व मामिलामा चीनको महत्वपूर्ण प्रभाव रहेको र युक्रेनले युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि चीनले जारी गरेको ‘पोजिसन पेपर’ को उच्च प्रशंसा गरेको कुलेबाले बताए । युक्रेनी पक्षले चीनले शान्ति प्रबद्र्धनमा अद्वितीय रचनात्मक भूमिका निर्वाह गरिरहने आशा गरेको र युरेशियन मामिलामा चिनियाँ सरकारका विशेष प्रतिनिधिसँग सम्पर्क बलियो बनाउन इच्छुक रहेको उनले बताए ।