समाचार

रास्वपाले लगायो आफ्ना साँसदहरुलाई प्रधानमन्त्रीमा दाहाललाई मत दिन ह्वीप

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना २१ जना साँसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदस्य दलको बैठकले चार उपप्रधान एवम् गृहसहित चार मन्त्रालयसहित सरकारमा गएको रास्वपाले साँसदहरुलाई बिश्वासको मत दिन ह्वीप जारी गरेको हो ।