समाचार

सुन, चाँदीको मूल्य निरनतर वृद्धि

काठमाडौँ, १ चैतः नेपाली बजारमा आज बिहिबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला ५० ले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।