४ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा बिरोध जनाएपछि जेठ ६ सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
हिजो प्रतिनिधि सभामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एकलौटीरुपमा बोल्न दिने भएपछि एमालेका बिरुद्धमा काँग्रेस जंगिएको अवस्थामा स्थगीत भएका प्रतिनिधि सभा बैठक आज पनि आइतबारसम्मका लागि स्थगीत भएको हो ।
प्रतिनिधि सभामा रवि लामिछानेले बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् भने काँग्रेसलगायतका केही दलहरुले बोल्नुअघि संसदीय छानविन समिति बनाउनुपर्ने अडान रहिरहेको छ ।
काँग्रेसको आरोप उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारीको अरबौं ठगीमा जीवी राईसँगै संलग्न छन् भन्ने दाबी गर्दै त्यसको छानविनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।





