समाचार

करेन्ट लागेर मृत्यु

१९ जेठ, सुनसरी । गढी गाउँपालिका २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छत माथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।