२३ जेठ, काठमाडौँ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाईइको मधेश प्रदेश सभाको बैठक सार्न मुख्यमन्त्री सरोजकुमार यादवेल सभामुखलाई पत्र पठाएका छन् ।
बुधबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक २८ गतेसम्म सार्न माग गर्दै पत्र पठाएका हुन् । उनले आफू एकाएक बिरामी बनेको दाबी गरेका छन् । विपक्षीले भने विशवासको मत जुटाउन नसकेपछि बिरामीको बाहना गरेको आरोप लगाएका छ्न ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।





