२५ जेठ, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सभ्य राजनीति गर्न आग्रह गरेका छन्। चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अनावश्यक विवादमा आफू पर्न नचाहेको बताए।
उनले आफ्नो ध्यान राष्ट्रिय राजनीतिमा केन्द्रित भएको बताए। ‘भैंसीको ढाडमा झिङ्गा बस्यो, त्यसले थाहा पाएको हुँदैन। झिङ्गा दंग परेको हुन्छ चार हात हाने यसपटक भनेर,’ उनले भने , ‘म अनावश्यक विवादमा पर्न चाहन्न। राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व, जिम्मेवार र सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन।
मेयर बालेनले केही दिनअघि ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।





