४ असार, काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नो बोलीमा अडिन नसकेको हो भने प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री दाहालको बोली र व्यवहारमा फरक देखिएको भन्दै राजीनामा मागेका हुन् । बजेटमा विभेद गरिएको भन्दै साहले आक्रोश पोखे ।
उनले भने,‘यो बजेट पहुँचवालाको बजेट भएको छ । नेपाली जनताले तिरेको कर होईन र ? हो भने देशभरि बजेट जानुपर्दैन् ?बजेट सबैतिर जानुपर्दैन् ? यसको अन्त्य चाहन्छौं । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छौं । प्रधानमन्त्रीले त संघीयता कार्यान्वयन गछौं । उहाँले संघमा तीन करोडभनदा कमको योजना रहँदैन भन्नुभएको थियो । म सोध्न चाहन्छु–तपाईंको कुरा चलेको छ कि छैन् ? चलेको छैन भने तपाईं कुन मोरलले त्यहाँ बस्नुहुन्छ ? यदि चलेको हो भने कसरी त्यो कुराको उल्लंघन भयो ? यदि कुनै मन्त्रीले तपाईंको कुरा मानेको छैन भने त्यसलाई बर्खास्त गर्ने हैसियत राख्नुहोस । यदि तपाईं पनि आफ्नो कुरामा टिक्नुभएको छैन भने तपाईं पनि कुर्सीमा मोरल रुपमा बस्न मिल्छ जस्तो मलाई लाग्दैन् ।’





