१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ का वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन साहलाई कमजोरी सच्याउन मान्नुभएन भने रामराम मात्रै भन्न सक्छौ काँध थाप्न सकिन्न भनेका छन् ।
सोमबार भएको नीति तथा कार्यक्रममा बोल्दै उनले “हामीले स्वतन्त्र मेयर भनेर कहिले अन्यथा सोचेका छैनौं, राम्रो काम गर्दा साथ दिएका छौं तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिनँ ।” बताएका छन् ।
उनले मेयर साहलाई औल्याउदै नेतनहरुको नेताहरूलाई व्यक्ति विशेष तोकेर स्टाटस हाल्दा मर्यादाको पनि ख्याल गर्नुपर्ने बताएका छन् ।





