१२ असार, काठमाडौंँ । नेकपा एकीकृत समाजवादीको अध्यक्षका लागि दाबी गरिरहेका नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन सहमति जनाएका छन् ।
खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सहमत भएका हुन् ।
यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।
चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।





