१९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अहिले संविधान संशोधनको विषय उठाईनु गलत समय भएको बताएका छन् ।
आज काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले अहिले सदनको बनावटको कारण आफूहरुले पटक पटक नै राष्ट्रिय सहमतिको सरकारको वकालत गरेको सुनाए । उनले आफूहरुले १०औं पटकसम्म सहमतीय सरकार बनाउन पहल गरेको सुनाए ।
उनले भने, ‘अहिलेसम्म सरकारमा सहभागी कुनैपनि दलले समर्थन फिर्ता लिएको जानकारी औपचारिक रुपमा आएको छैन, कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुँदैन । पार्टीले संविधानले दिएको सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।’





