१९ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले सरकारमा भएमा आफ्ना नेताहरुलाई बालकोट बोलाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको आफ्ना मन्त्रीहरुलाई साँझ बालकोट बोलाएको जानकारी प्राप्त भएको छ ।
एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहेका छन् । त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।





