२० असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने बताएका छन् ।
आज सुनसरीमा भएको कार्यक्रममा उनले बोल्दै पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्मा पठाउन नहुने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ । कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच बनेको छ ।





