२४ असार, काठमाडौँ । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्ने सरकारलाई पुर्ण रुपमा सहयोग गर्ने तर आफु सरकारमा नजाने टिप्पणी गरेका छन् ।
सुर्यखबरलाई जानकारी दिदै उनले भने “मेरो सरकारमा जाने रुची छैन, साथीहरु जानुहुन्छ, सरकारमा जाने बिषयमा अनावश्यक टिका-टिप्पणी गर्न जरुरी छैन ।”
नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधि नेतृत्व गर्ने हल्ला भईरहेको बिषयमा बोल्दै कृष्ण सिटौलाले आफु सरकारमा जान रुचि नभएको बताएका हुन् ।





