राजनीति

प्रधानमन्त्री दाहाललाई सरकारमा हुन्जेल सम्म सदन प्रति उत्तरदायी हुन प्रमुख सचेतक लेखकको आग्रह

२५ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वासको मतको लागी जति नै समय लिए पनि सरकार रहुन्जेल सम्म सदन प्रति उत्तरदायी हुनको लागी आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठक लेखकले बोल्दै प्रधानमन्त्रीले ३० दि नै समय लिए पनि केहि आप्पती नहुने जनाएका छन् ।

बैठकमा बोल्दै उनले बाढी,पहिरो, डुबान लगाएत प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका, जनधन क्षति भएका कुारहरु प्रति ध्यानार्कषन गराउदै उनले उद्धार राहत प्रति के कस्ता कामहरु भईरहेको छ भन्ने कुराहरुको जानकारी गराउन माग गरेका छन् ।

लेखकले भने, “सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्‍यो भनिदिनुपर्‍यो कति मानिसहरूको मृत्यु भएको हो ? कति घाइते भएका छन् ? कतिको उपचार भइरहेको छ ?”