२५ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने कुरा संवैधानिक व्यवस्थाअनुसार नै भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी संसद्का दुई ठूला दलहरु कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौं । आलोपालो सरकारको नेतृत्व गर्दैछौं । प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर अघि बढेर केही फाईदा छैन् । गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’





