२५ असार, काठमाडौँ । नेपाली कांग्रेसको सांसद आरजू राणा देउवाले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा हिमतालबारे केही जानकारी नरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद राणाले पहिरोले नै ठूलो जनधनको क्षति भइरहेको छ भने हिमताल फुटेमा झन् ठूलो विपत्ति आउन बताईन् ।
“अहिले बाढी, पहिरोले नै ठूलो जनधनको क्षति भइरहेको छ भने हिमताल फुटेमा झन् ठूलो विपत्ति आउन सक्छ, हिमताल निरीक्षण र संरक्षणसम्बन्धी विशेष योजना बनाउनुपर्छ । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनउनुपर्छ ।” उनले भनिन् ।





