२६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको छलढाँटबारे संसदीय दलको बैठकमा ब्रिफिङ गरेका छन्। नेपाली कांग्रेससँग सहमतिमा हस्ताक्षर भइसकेको अवस्थामा पनि ओलीले आफूलाई छक्याएको प्रधानमन्त्री दाहालले बैठकमा बताएका हुन्।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बालुवाटारमा भएको पछिल्लो बैठकमा पनि ओलीले प्रधानमन्त्रीसँग झुटो बोलेको बताए। ओलीजीले कांग्रेसबीच त्यस्तो केही भएको छैन। बरु अब तीन दलका नेता बस्नुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भन्नुभएको थियो। तर, देउवाजीसँग सोधीखोजी गर्दा उहाँले सम्झौता भइसक्यो, सरी भनेर भन्नुभयो। यो हदसम्म उहाँओलीले छलढाँट गर्नुभएको छ, पत्रकार सम्मेलनमा उनले भने।
एमालेसँग गठबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भने, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिए पनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’





