२८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधार (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन्। प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले संसदमा राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले दुई घण्टाको समय निर्धारण गरेका छन्।
संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए।





