राजनीति

संविधान हामीले ल्याएका हौं, यसको रक्षा हामी गर्छौं, कसैको अर्ति उपदेश आवश्यक छैन : प्रमुख सचेतक लेखक

२८ असार, काठमाडौँ । नेपाली कांग्रेसले मुलुकलाई ठिक ढंगले अगाडि लैजानका निम्ति संसदमा रहेका दुई ठूला दलबीच सहमति गर्नुपर्ने अवस्था आएको बताएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रमुख सचेतक रमेश लेखकले अस्थिरतातर्फ जान लागेको मुलुकलाई सही ढंगबाट अगाडि लैजान नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको दावी गरेका हुन्।

“नेपाली कांग्रेस आफ्नो जन्मदिनदेखि आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो। लोकतन्त्र व्यवस्थामा लोकतन्त्र विरोधीहरूलाई लिएर इतिहास बनाएको पार्टी हो। यसकारण यो लोकतान्त्रिक संविधानलाई कमजोर पार्ने कुरामा,कांग्रेसका माथि आपेक्ष गर्ने, कल्पना र अनुमानका आधारमा विभिन्न भाष्य निर्माण गर्ने काम बन्द गरिनुपर्छ, यो संविधान हामीले ल्याएको हौं। संविधानको रक्षा हामीले गर्छौं। यसका लागि कुनै अर्तिउपदेश आवश्यक छैन” उनले भने ।